सिड्नीमा पवित्रालले चक्कु देखाएर लुटेरा लखेटेपछि चर्चा

  • १९८
  • बुधबार, १७ आषाढ २०७७


सिड्नी । सिड्नीको केन्द्रबाट करिब १८ किलोमिटर पश्चिममा नेपालीहरूको बाक्लो बस्ती रहेको ठाउँ अबर्नमा गत सोमबार साँझ नेपाली युवती पवित्रा कार्कीले पसल लुट्न आएको एक लुटेरालाई लखेटिन् । उनको यो साहसिक कार्यको अस्ट्रेलियाका स्थानीय मिडियाले समेत चर्चा गरे ।

रौतहट चन्द्रनिगाहपुरकी स्थायी बासिन्दा २३ वर्षीया पवित्रा कार्कीले त्यो साँझको घटनाको फेहरिस्त सुनाउँदै भनिन्, ‘मुख छोपेको केटा सरासर मेरो पसलभित्र पस्यो । मैले सोंचे मेरो नियमित ग्राहक होला, ऊ कुनै ड्रिङस किन्न आयो होला । तर, ऊ सिधै मेरो अगाडितिर सुइँसुइँ आयो र भन्यो ‘गिभ मी मनी १’ तर मैले बुझिनँ । ग्राहकले त आएर समान माग्नु पर्ने हो, उसले पैसा मागिरहेको छ ।’

उनले मनमनै सोचिन् । ‘सामान भएको ठाउँतिर जानुपर्ने हो तर ऊ त मेरो काउन्टरतिर पो आउन थाल्यो । त्यसपछि मेरो दिमागमा लाग्योे कि यो पक्कै चोर हो ।’

‘अनि मैले रोक्ने प्रयास गर्दा हातपात भयो । फेरि उसले ‘गिभ मि मनी’ भन्दै मेरो काउन्टरबाट पैसा निकाल्न खोज्यो । त्यसपछि मैले आफूछेउमा रहेको सानो तरकारी काट्ने चक्कु देखें । सोही चक्कु समातेपछि लुटेरा हच्कियो । अनि त्यही चक्कु लिएर लुटेरालाई लखेटें । त्यसपछि लुटेरा कता भाग्यो, मलाई थाहा भएन ।’

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.