युभेन्ट्सको शानदार जित

  • १५७
  • बुधबार, १७ आषाढ २०७७


एजेन्सी । सिरि ए फुटबलमा युभेन्ट्सले जेनोआलाई ३–१ गोल अन्तरले हराएको छ ।

मंगलबार राति घरेलु टोली जेनोआबिरुद्ध सहज जित निकाल्दै युभेन्ट्सले लिग तालिकामा स्पष्ट ४ अंकको अग्रता बनाएको छ ।


पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा पाउलो ड्याबालाले ५० औं मिनेटमा युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । उनले एकल प्रयासमा गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए ।

 

त्यसको ६ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । उनले यस सिजन सिरि एमा २४ गोल पुरा गरिसकेका छन् । ड्युगलस कोस्टाले ७३ औ मिनेटमा पाहुना टोलीलाई ३–० ले अघि बढाए ।

घरेलु टोलीका लागि एन्ड्रिया पिनामोन्टीले ७६ औं मिनेटमा एक गोल फर्काएका थिए ।

युभेन्ट्सबाट २५ गोलको कीर्तिमान बराबरी गर्न रोनाल्डो मात्र एक गोलले पछि छन् । सन् १९६०–६१ म ओमार सिभोरीले युभेन्ट्सबाट सर्वाधिक २५ गोलको कीर्तिमान बनाएका थिए ।

शीर्ष स्थानको युभेन्ट्सले ७२ अंक जाड्यो । उसले दोस्रो स्थानको लाजियोसंग स्पष्ट ४ अंकको अग्रता लियो । लाजियोले समेत टोरिनोलाई २–१ ले हराउँदै उपाधि होडमा आफुलाई कायमै राख्यो । सिरि एका सर्वाधिक गोलकर्ताको दौडमा अगाडी रहेका सिरो इमोबेल र मार्को पार्लोले लाजियोलाई महत्वपूर्ण तीन अंक दिलाउन गोल गरे ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.