म्यानचेस्टर युनाइटेडको शीर्ष चारको होड बलियो, ब्राइटनमाथि प्रभावशाली जित

  • १३९
  • बुधबार, १७ आषाढ २०७७


एजेन्सी । शीर्ष चारमा अटाउने प्रयासमा रहेको म्यानचेस्टर युनाइटेडले सो यात्रामा महत्वपूर्ण जित हाँसिल गरेको छ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा ब्राइटनमाथि ३–० को जित निकाल्दै म्यानचेस्टर युनाइटेड पाँचौँ स्थानमा उक्लिएको हो ।

अवे मैदानमा भएको खेलमा युनाइटेडका लागि म्यासन ग्रिनवुडल १६ औँ तथा ब्रुनो फेर्नान्डेसले २९ र ५० औँ मिनेटमा गरी दुई गोल गरे ।

जितपछि ३२ खेलबाट ५२ अंक जोडेको युनाइटेड समान खेलबाट समान अंक रहेको वुल्भ्सलाई गोल अन्तरमा पछि पारी पाँचौँ स्थानमा उक्लिएको छ ।

युनाइटेड चौथो स्थानको चेल्सी भन्दा दुई अंकले पछि रहेको छ । चेल्सीको ३१ खेलबाट ५४ अंक छ।

पराजित भएको ब्राइटन ३२ खेलबाट ३३ अंकसहित १६ औँ स्थानमा कायम छ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.