निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ताका लागि निवेदन, नेकपा भित्र हलचल

  • १७३
  • मंगलवार, १६ आषाढ २०७७


काठमाडौं। दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताको लागि निवेदन परेको छ।

दर्ताको निवेदन कसले दियो भन्नेबारे आजको नेकपा स्थायी कमिटी बैठकमा गम्भीर छलफल भएको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आयोगमा झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दल दर्ताका लागि निवेदन दिएको विषयमा छलफल भएको बताए। बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग जबाफ मागेका थिए।

ती व्यक्ति पार्टीभित्रकै हो वा बाहिरका व्यक्तिले भन्नेबारे जानकारी नभएको प्रवक्ता श्रेष्ठको भनाइ छ।

प्रवक्ता श्रेष्ठले निवेदनका सम्बन्धमा अर्को बैठकमा पनि छलफल हुने जानकारी दिए।

आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिबारे पनि नेताहरुले जबाफ मागेका थिए।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा आफूलाई हटाउन होटल र दूतावासमा छलफल भइरहेको बताएका थिए।

कसैले राजीनामा मागेको भए अर्थात् पदबाट हटाउन चाहेको भए पार्टीको आन्तरिक बैठकमा छलफल गर्नुपर्ने भनाइ नेताहरुको थियो।

आज १८ जना स्थायी कमिटीका नेता बोलेका थिए। अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, जनार्धन शर्मा, भीम आचार्यलगायतले धारणा राखेका थिए।

अर्को बैठक भोलि ११ बजे बालुबाटारमै बस्नेछ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.