साम्राज्ञीलाई अभिनेता भुवन केसीको प्रतिक्रियाः जुन थालमा खायो त्यही थालमा दुलो पार्ने !

  • ३२०
  • सोमबार, १५ आषाढ २०७७


काठमाडौँ : अभिनेता तथा चलचित्र निर्माता भुवन केसीले सामाजिक सञ्जाल फेसबुकमा नायिका साम्राज्ञी राज्यलक्ष्मीदेवी शाहलाई लक्षित गरेर स्टाटस लेखेका छन्।

भुवनको स्टाटस नायिका शाहको चलचित्र क्षेत्रमा भएको भित्री व्यवहारको बारेमा बोलेको भिडियो सार्वजनिक भएपछि आएको हो । केही दिन अगाडि साम्राज्ञीले आफूले ५ वर्षको कामको समयमा ३ चलचित्रमा काम गर्दा नराम्रो अनुभव भोगेको र आफूमाथि दुर्व्यवहार भएको बताएकी थिइन् ।

केसीको स्टाटस साम्राज्ञीको आरोपको जवाफ जस्तो देखिएको छ । ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् रु जुन थालमा खाने त्यही थालमा दुलो पार्ने रु सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि१’

उनको स्टाटसमा कसैको नाम नलेखिएको भएपनि कमेन्टमा साम्राज्ञीको नाम लेखिएको छ, साम्राज्ञीलाई गाली गरिएको कमेन्टमा भुवनले लाइक गरेका छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.