पछिल्लो २४ घण्टामा ५९३ कोरोना संक्रमित थपिए,कुल कोरोना संक्रमितको संख्या ११ हजार ७५५

  • ३४१
  • शुक्रबार, १२ आषाढ २०७७


काठमाडौं ।नेपालमा कोरोना भाइरसका ५९३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९३ संक्रमित थपिएका हुन् । नेपालमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको प्रवक्ता डा. जागेश्‍वर गौतमले बताएको छ ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार ६९८ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ४८ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र ४० पुरुष रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म दुई लाख ६ हजार २७१ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ९० हजार ३४९ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५३४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ७१ हजार १२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ३० कोरोना संक्रमितहरु रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.