भक्तपुरमा एक प्रहरी र एक स्थानिय सहित ४ जनामा कोरोना संक्रमण पुष्टि

  • ४७१
  • बिहीवार, ४ आषाढ २०७७


भक्तपुर । भक्तपुर अस्पतालमा स्वाव संकलन गरेको चार जनामा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि गरेको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष ३२ का प्रहरी परिसर भक्तपुरको सञ्चारमा कार्यरत पुरुष प्रहरी, भक्तपुर नगरपालिका वडा नं. ६ भोलाछेंका २२ बर्षिय पुरुष, चितवन घर भई हाल ललितपुर टिकाथली बस्ने बर्ष ५० को पुरुष, र कुवेतबाट जेठ ३० गते फर्किएर नवलपरासी गैंडाकोट स्थायी घर भएकी २२ बर्षिया महिलामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए ।
उनीहरुलाई थप उपचारको लागि टेकु अस्पताल र पाटन अस्पतालमा लागिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए ।
महानगरिय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखामा कार्यरत प्रहरीलाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएसँगै परिसरको सञ्चार शाखामा शिल गरिएको छ । सार्थ सो स्थानमा कार्यरत अन्य कर्मचारीलाई सञ्चार शाखामा नै क्वारेनन्टाइनमा राखिएको भक्तपुर परिसरका प्रमुख एसपी सबिन प्रधानले जानकारी दिए । उनका अनुसार बिहिवार कन्टाक्ट ट्रेसीङ गरि स्वाव संकलन पनि गरिने छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष ३२ को प्रहरी कर्मचारी संन्चो नभएकोले ४ दिन अगाडी देखि घरमई बस्दै आएको प्रधानले जानकारी दिए । भक्तपुरका स्थानिय संक्रमित बस्ने वडा नं. ६ भोलाछें टोलमा उनी बस्ने घर भएको गल्लिमा प्रहरीले शिल गरिएको छ ।
त्यस्तै नवलपरासी गैंडाकोट स्थायी घर भएकी २२ बर्षिय महिला कुवेतबाट जेठ ३० गते फर्किएर भक्तपुरको खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा बस्दै आएकी हुन ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.