भक्तपुर । वुधावार दिउसो परेको अविरल बर्षा सँगै आएको भेलले बगाएका नरबहादुर राउत आज मृत अवस्थामा फेला परेको छ ।
भक्तपुरका चुनदेवी स्थित खुल्ला छाडिएको ढलवाट हिजो बगेका राउत ललितपुरको चापागाँउमा आज प्रहरीले गरेको खोजतलासको क्रममा मृत अवस्थमा फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधाने बताए ।
ना ६ ख १६१६ नम्वरको गाडीमा सिमेन्ट लिएका आएका उनी ६ लेन हाइ वे को सववेवाट जाने क्रममा सडक भरी पानी भरिएको थियो । उनी पानी भरिएको सडकवाट ट्रक लैजान भेलको गहिराई नाप्न जाने क्रममा भुमरीमा फसेर ढलभित्र पसेको प्रहरीको भनाई छ ।
मृतकलाई परिवारले पहिचान गरिसकेकाले पोस्माटम पछि परिवारलाई जिम्मा लगाउने एसपी प्रधानले बताए ।