रातको १२ बजे क्वारेन्टाइन पुगेका बालकको मृत्यु

  • २०७
  • आइतबार, १८ जेठ २०७७


काठमाण्डौः डडेल्धुरामा क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालकको आइतबार राति १२ बजे मृत्यु भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बालकलाई राखिएको थियो।

न्यौपानेका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बइबाट आइतबार राति मात्रै डडेल्धुरा पुगेका थिए। ‘उहाँहरू राति आउनुभएको हो। राति पुगेकाले बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।’ डीएसपी न्यौपानेले भने, ’हामीकहाँ फोन आयो। बालक गम्भीर बिरामी छ भनेर। यताबाट गाडी पठाएर अस्पताल पुर्‍याएका थियौं।’

बालकको अस्पताल पुर्‍याउनुभन्दा अघि नै मृत्यु भएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले बताए। उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्‍याइएको थियो। ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको उनले बताए। यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचार गराएको जनाइएको छ।

उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ। उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने निमित्त मेसु विष्ट जानकारी दिए। अन्नपूर्ण पोष्ट दैनिकबाट ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.