थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो

  • १७९
  • बिहीवार, ८ जेठ २०७७


काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ४५३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा ८ र रुपन्देहीमा १ जना कोरोनाभाइरसका संक्रमित थपिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार झापाका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ तथा रुपन्देहीका २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

यसैगरी, आज ४ जना डिस्चार्ज भएका छन् । यो सँगै ४९ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।
प्रवक्ता देवकोटाका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।



हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.