मन्त्रिपरिषद् बैठक सर्‍यो, लकडाउनबारे निर्णय हुने

  • २४०
  • आइतबार, १४ बैशाख २०७७


काठमाडौँ । जारी लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्न आइतबार दिउँसो २ बजेलाई बोलाइएको मन्त्रिपरिषद्‍को बैठक ५ बजेलाई सारिएको छ । २ बजेका लागि तय भएको बैठक ५ बजेका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 

शुक्रबारको मन्त्रिपरिषद्‍ बैठकमा नै लकडाउनबारे छलफल भएको थियो। सरकारले जारी गरेको लकडाउनको अवधि वैशाख १५ गते (भोलि) सकिँदैछ।

एक मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद्‍ले लकडाउन एक हप्ता बढाउने सम्भा‍वना छ। कोभिड -१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकमा लकडाउनको अवधि बढाउनेबारे छलफल भएको थियो। समिति अन्तर्गत गरेको मुख्यसचिव नेतृत्वको कार्यदलले पनि एक हप्ता लकडाउन थप्न सिफारिस गरिसकेको छ।

चैत ११ गतेदेखि सरकारले लकडाउन सुरु गरेको हो। आन्तरिक र बाह्य हवाई उडानमा जारी प्रतिबन्धलाई जेठ २ गतेसम्म लम्ब्याइसकिएको छ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.