काठमाडौँ। नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले महोत्तरीका समाजवादी सांसद सुरेन्द्र यादवको अपहरण गरी काठमाडौँ ल्याएको भन्दै पूर्वप्रधानमन्त्री तथा समाजवादी नेता बाबुराम भट्टराईलगायत नेताहरु ती तीनबिरुद्ध जाहेरी दर्ताका लागि आइतबार दिउँसो काठमाडौँ प्रहरी परिसर पुगेका छन्।
सांसद बस्नेत, श्रेष्ठ र पूर्वआइजीपी खनालले सांसद यादवलाई आफ्नो गाडीमा राखेर काठमाडौँको म्यारियट होटलमा ल्याएर राखेपछि उनीहरुमाथि सांसद अपहरणको आरोप लागेको छ।
सोही रात समाजवादी पार्टी र राष्ट्रिय जनता दल एक भई एकीकृत पार्टी बनेको थियो। तीन जनाबिरुद्ध अपहरणमा जाहेरी दिन पूर्वप्रधानमन्त्री भट्टराईसँगै राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अशोक राईलगायत पनि परिसर पुगेका छन्।