दुई रुपैयाँ किलोमा पनि बिक्री नभएपछि तरकारी खेतीमै डोजर

  • ३७३
  • आइतबार, १३ माघ २०७५

भरतपुर । आफूले उत्पादन गरेको तरकारीले मूल्य नपाएपछि खैरहनी नगरपालिका–६, तुलसीपुरका पुरन महतोले शुक्रबार बन्दाकोभी र मुला खेतमै डोजर लगाएको समाचार आजको नयाँ पत्रिकाले तेस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, बजारमा प्रतिकेजी ३० रुपैयाँ मूल्यमा बिक्री भइरहेको बन्दाकोभी र १५ रुपैयाँ पर्ने मुला व्यापारीले प्रतिकेजी दुई रुपैयाँमा पनि नलगेपछि नष्ट गर्नुपरेको उनको भनाइ छ ।

लगानी र मिहिनेत नै नउठ्ने भएपछि १६ कट्ठा क्षेत्रफलमा लगाएको बन्दा र मुलाखेती नष्ट गरेको महतोले बताए ।

‘आफूखुसी पैसा दिएर तरकारी लैजानूभन्दा पनि व्यापारीले तरकारी उठाएनन्, त्यसैले बाध्य भएर डोजर लगाउनुपर्‍यो,’ उनले भने ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.