काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको बताएको हो ।
हाल देशभर सामान्य बदली रहेको जनाएको छ । महाशाखाले मौसम बदलीसंगै वर्षारहिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन सबैलाई अनुरोध छ ।
देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।