कर्णाली नदीमा जीप खस्दा: चारको मृत्यु ,एक यात्रु वेपत्ता

  • १८५
  • बिहीवार, १७ पौष २०७६

काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका-७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । से १ ज १०६४ नम्बरको जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा एक यात्रु वेपत्ता भएका छन् । दुर्घटनामा चार जना घाइते भएका छन् ।

बाजुराको धुलाचौरबाट कोल्टी जाँदै गरेको जीप कर्णालीमा खसेको हो । प्रहरीले घाइतेको उद्धार गरिरहेको बताएको छ । ४ जना मध्ये गाडी चालक तथा मालिक गोत्री घर भएका रमेश शाहीको पहिचान भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटका अनुसार जीपमा ९ जना यात्रु सवार रहेकोमा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। घाइते ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको र बेपत्ता एक यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.