रोल्पामा डोजरमाथि ढिस्को खस्दा चालकको मृत्यु

  • १४६
  • आइतबार, १३ पौष २०७६

रोल्पा । रोल्पामा सडक खन्दै गरेको जेसिभि (डोजर) माथि ढिस्को खस्दा चालकको मृत्यु भएको छ । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-५ माबाङमा सडक खन्दै (व्याक कटिङ) गरेको अवस्थामा आइतबार दिउँसो साढे १२ बजे जेसिभी माथि ढिस्को खसेको हो ।

डोजरमा च्यापिएर घाइते बनेका अन्दाजी ४८ वर्षका चालक हेमेन्द्र नगरकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घाइते नगरकोटीलाई उद्दार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । झिम्रुक गाउँपालिका-६ प्यूठानका चालक नगरकोटी राजबीर निर्माण सेवा अन्तरगत सडक खन्दै आएका थिए ।

सुलिचौर-पोबाङ सडक खण्डको माबाङमा सडक खन्दै गर्दा एक्कासी ढिस्को खसेको हो । शवको पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक लिलाराम आचार्यले जनाए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.