सनको रेड कार्डबारे टोटेनहमले अपिल गर्ने

  • २१७
  • मंगलवार, ८ पौष २०७६

काठमाडौँ । टोटेनहमले सन ह्युङ मिनले पाएको रेड कार्डबारे अपिल गर्ने भएका छन् । टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरिन्होले चेल्सीसँगको खेलमा उनले पाएको रेड कार्डको अपिल गर्ने बताएका छन् ।

आइतबार राति चेल्सीसँग २-० को हार व्यहोर्दा सनले दोस्रो हाफमा रेड कार्ड पाएका थिए ।

मलाई आशा छ सन पाँच पटक कारबाहीमा पर्ने छैनन् , मोरिन्होले भने,एक पटक रुडीगरलाई फउल भयो। दोस्रो उनलाई बाहिर पठाइयो । तेस्रोमा उनी ब्राइटनसँग, चौंथोमा नर्विच र पाँचौमा साउथह्याम्पटनसँग खेल्ने छैनन्

चेल्सीका डिफेन्डर एन्टोनियो रुडीगरलाई फउल गरेपछि ६२ औं मिनेटमा सनले रेड कार्ड पाएका थिए ।

तर, टोटेनहमले उनको रेड कार्ड फिर्ता हुने विश्वास लिएको छ । उनी बक्सिङ डेको दिन ब्राइटनसँगको खेलमा टिममा रहने विश्वास गरिएको छ । एजेन्सी

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.