आज वर्षकै छोटो दिन

  • १५९
  • आइतबार, ६ पौष २०७६

काठमाडौं । आज २२ डिसेम्बर अर्थात वर्षकै छोटो दिन हो । सामान्यतयाः आज पृथ्वीको उत्तरी गोलार्द्धमा दिन छोटो र दक्षिणी गोलार्द्धमा लामो हुन्छ । नेपाल लगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक छोटो हुनेछ । आजको रात सबभन्दा लामो हुन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौंमा ६ बजेर ५१ मिनेट जाँदा सूर्योदय भएको थियो भने साँझ ५ बजेर १४ मिनेटमा सूर्यास्त हुनेछ ।

भोलिदेखि दिन लामो हुन थाल्छ र चिसो पनि झनै बढ्छ । अंग्रेजीमा यसलाई विन्टर सोल्सटाइस भनिन्छ । सूर्य सीधै मकर रेखामाथि हुँदा विन्टर सोल्सटाइस हुन्छ । पृथ्वीमा ऋतु परिवर्तन हुनुका एक मात्र कारण भनेको पृथ्वी झुकेको अक्षमा घुमेकाले गर्दा हो ।

त्यसकारण वर्षको आधा समय सूर्य उत्तरी ध्रुवतर्फ झुक्छ भने बाँकी आधा समय दक्षिणी ध्रुवतर्फ ।

अन्तर्राष्ट्रिय समय अनुसार छोटो दिन डिसेम्बर २०, २१, २२ वा २३ मध्य कुनै एक दिन पर्छ भने जुन २१, २२ र २३ मध्य कुनै एक दिन रात छोटो र दिन लामो हुने गर्छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.