नक्कली मह बेच्ने :३ जना पक्राउ ,७ जना फरार

  • १६१
  • शुक्रबार, ४ पौष २०७६

चितवन । पूर्वी चितवनको पर्सा बजारमा लामो समयदेखि नक्कली मह बेच्ने गिरोहलाई मौरीपालक किसानको पहलमा पक्राउ गरिएको छ ।

नक्कली मह बेच्ने ३ जनालाई गए राति नै पक्राउ गरिए पनि ७ जना फरार रहेको स्थानीय प्रहरीले जनाएको छ । अखाद्य वस्तुमा मौरीको चाका मिसाएर बेच्ने भारतीय तथा केही नेपालीको मिलेमतोमा उक्त काम हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूबाट साढे ३ क्विन्टल नक्कली मह बरामद गरेको छ ।

उक्त नक्कली महलाई जिल्ला प्रशासन कार्यालयको खाद्य प्रविधि तथा गुण नियन्त्रण शाखाले जांँच गरिसकेपछि नष्ट गरिने बताइएको छ । नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवराज शर्माले जिल्ला प्रशासन समक्ष उनीहरूलाई कालाबजारी अन्तर्गत कारबाही गर्नुपर्ने माग गरिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एक नारायण कोइरालाले खाद्य तथा गुणस्तर विभागबाट आएको नतिजाको अधारमा उनीहरूलाई कारबाही गरिने बताए । फरार अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.