अवैध लागूऔषध चरेशसहित दुई जना पक्राउ

  • १८२
  • शुक्रबार, २७ मंसिर २०७६

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका-२ बाट अवैध लागूऔषध चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा पचरौटा नगरपालिका-७ बस्ने बा ४० प ७२४० नम्बरको मोटरसाइकल चालक १९ वर्षीय अरबिन्द कुमार पटेल र बारा आदर्श कोटवाल गाउँपालिका-७ बस्ने १९ वर्षीय सुलतान अंसारी रहेका छन् ।

मकवानपुर भिमफेदीमा खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा झोलामा लुकाएर लैजान लागेको अवस्थामा करिब १० केजी लागूऔषध चरेश बरामद भएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.