‘ए’ डिभिजन लिग फुटबलको विजेताले ५० लाख नगद पुरस्कार

  • २११
  • बिहीवार, २६ मंसिर २०७६

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ५० लाख नगद पुरस्कार पाउने भएको छ । बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको विजेताले ५० लाख पाउने जनाएको हो ।

शनिबारबाट सुरुहुने ए डिभिजन लिगको उपविजेताले ३५ लाख पाउँदा तेस्रोले २५ लाख पाउने छन् । चौथोले १५, पाँचौँले ७ र छैटौंले ५ लाख रुपैयाँ पाउने छन् । हरेक खेल जित्ने टोलीले भने ५० हजार बोनस बाफत पाउने भएको छ । प्रतियोगितामा बराबरी खेलेमा दुबै टोलीले १५-१५ हजार रुपैयाँ पाउनेछन् ।

लिग तयारीका लागि खर्च बापत एन्फाले क्लबहरुलाई २०-२० लाख रुपैया दिनेछ । यस संस्करणमा उत्कृष्ट हुने फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा हरेक खेलको ‘म्यान अफ दी म्याच’ले १० हजार पाउनेछन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.