आर्सनलको पुनरागमन

  • १८४
  • मंगलवार, २४ मंसिर २०७६

काठमाडौँ । प्रिमियर लिग फुटबलमा आर्सनलले वेस्ट ह्यामलाई हराएको छ । सोमबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ३-१ गोल अन्तरले हराएको हो ।

योसंगै आर्सनलले ९ खेलको जित विहिन यात्रामा पुर्णविराम लगाएको छ । अन्तरिम प्रशिक्षक फ्रेडी लक्जमवर्गले लण्डन क्लबबाट पहिलो जित हासिल गरेका छन् ।

घरेलु टोली वेस्ट ह्यामलाई ३८ औ मिनेटमा एन्जिलो ओगबोनाले अग्रता दिलाएका थिए ।

ग्याब्रियल मार्टिनेलीले आर्सनलबाट डेब्यु गर्दै ६० औ मिनेटमा बराबरी गोल गरे । त्यसको ६ मिनेटपछि पेपेले पाहुना टोलीलाई अग्रता दिलाए ।

६९ औ मिनेटमा अबुमियाङले गोल गर्दै आर्सनललाई ३-१ को जित दिलाए ।

जितसंगै आर्सनल २२ अंक सहित तालिकाको नवौं स्थानमा उक्लियो । वेस्ट ह्याम १६ अंक सहित रेलिगेशन जोन भन्दा दुई स्थान माथि रह्यो । एजेन्सी

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.