सिपाडोलमा अवस्थित तलेजु देवीको मन्दिर संरक्षण गर्न समिति गठन

  • २१९
  • बिहीवार, १२ मंसिर २०७६

भक्तपुर । सुर्यबिनायक नगरपालिका-८ सिपाडोलमा अवस्थित तलेजु देवीको मन्दिर संरक्षणका लागि स्थानीयहरु यति बेला जुटेका छन् ।

आज स्थानीयहरुको एक भेला गरी तलेजु देवीको मन्दिर संरक्षण उपभोक्ता समिति गठन गरी मन्दिरको समग्र व्यवस्थापनका साथ अघि बढ्ने गरी समिति गठन गरेका छन् ।

भेलाले मनोज के.सी.लाई समितिको अध्यक्षमा चयन गरेको छ । यसैगरी उपाध्यक्षमा राजन थापा, सचिवमा सुवर्ण थापा, कोषाध्यक्षमा बिक्रम थापालाई चयन गरेको छ ।

सदस्यहरुमा क्रमश: भरत बहादुर थापा, निरञ्जन थापा र मोहन बिक्रम थापा रहेका छन् ।

केदारनाथको शिर डोलेश्वर मन्दिरको नजिकै रहेको यो मन्दिरको संरक्षण र प्रर्वद्धनको अभावमा ओझेलमा परेको स्थानीयहरु बताउँछन् ।

परापूर्वकाल देखिनै यो मन्दिर रहेता पनि यसको स्थापना कहिले भएको हो भन्ने तथ्य हालसम्म पनि फेला परेको छैन ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.