काठमाण्डौँ । कम्पनी टेस्लाले हालै सार्वजानिक गरेको ‘साइबरट्रक’ का लागि झन्डै दुई लाख अर्डर आइसकेको कम्पनीका मालिक एलन मस्कले बताएका छन् । गत बिहिबार मात्र यसैको क्षमता प्रस्तुत गर्ने क्रममा अचानक गाडीको झ्याल फुटेपछि सयौँ मानिसका सामु स्टेजमा उभिएका मस्क लज्जाजनक हुनुपरेको थियो । जसले टेस्लाको सेयरमा ६/१ प्रतिशतले गिरावट ल्यायो भने थुप्रै नराम्रा रिभ्युहरु पनि प्रकाशित भएका थिए । तरपनि साइबरट्रकको निरन्तर माग बढिरहेको मस्कको भनाइ छ ।
अनौठो स्वरुप भएको यस विद्युतीय ट्रकको डिजाइनबारे उत्साहका साथै शंका पनि रहेको थियो । यसै विषयमा शनिबार मस्कले ट्वीट गर्दै साइबरस्ट्रकका लागि हालसम्म १ लाख ४६ हजार बढी अर्डर आएको जानकारी दिएका हुन् जसमध्ये ४२ प्रतिशतले डुअल मोटर र ४१ प्रतिशतले तीनवटा मोटर भएको अनि बाँकीले चाहिँ सिंगल मोटर भएको गाडी छनोट गरेको उनले बताए । उनले गर्वसाथ कुनै विज्ञापन र कुनै इन्डोर्समेन्टविना पनि साइबरट्रकको त्यति धेरै माग आएको दाबी गरेका हुन् । साइबरट्रक बजारमा भित्र्याइने निश्चित मिति तय नभए पनि २०२१ अघि तयारी पूरा नहुने विश्लेषकहरुको अनुमान छ ।
स्टेनलेस स्टिल ‘अलोए’ धातुले बनेको उक्त गाडीले तीन सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तार हासिल गर्न सक्ने मस्कले क्यालिफोर्नियास्थित प्रदर्शनी कार्यक्रममा बताएका थिए । प्रस्तुतीकै क्रममा मस्कले ट्रकको बाहिरी स्टिल र धातुबाट बनेका झ्यालले बन्दुकको गोली समेत रोक्न सक्छ भन्ने देखाउँदै गर्दा झ्याल अचानक फुटेपछि कार्यक्रममा उपस्थित सबै आश्चर्यमा परेका हुन् भने मस्क र आयोजकहरु समेत चकित भएका थिए ।
यसरी मस्कले अर्कोतर्फको झ्यालमा ‘मेटल’ को गोली प्रहार गर्न लगाउँदा फेरिपनि फुटेपछि उनले ठट्टा गर्दै सुधार ल्याउन आवश्यक रहेको बताएका थिए । यसले टेस्लाको शेयर ६ प्रतिशतले घटाउँदा शुक्रबार एकैदिनमा मस्कको कूल सम्पति ७६८ मिलियन डलरबाट ५९८ डलरमा झरेको हो । बीबीसी