निजी क्षेत्रले चलाएको ‘क्रुजशीप’ देखाएर मतदाता फकाउंँदै प्रचण्ड

  • २४३
  • मंगलवार, १० मंसिर २०७६

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रले नारायणी नदीमा सञ्चालनमा ल्याउन लागेको क्रुजशीप देखाएर मतदातासमक्ष मत मागेका छन् ।

नेकपाले भरतपुर महानगरपालिकामा सोमबार वडा नम्बर १६ मा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै यहांँका जनतालाई अन्य विकासे योजना आश्वासन दिएर मत मागेका थिए ।

मंसिर १४ गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै उनले अहिलेको उपनिर्वाचन नेकपाको प्रतिष्ठासंँगै जोडिएको भन्दै नेकपालाई जिताउनुको विकल्प नरहेको बताए ।

चितवनमा हुने महत्वपूर्ण कार्यक्रममा समेत सोही दिन आएर फर्कर्ने प्रचण्ड दुई दिनदेखी चुनावी अभियानमा चितवनमै खटिएका छन् । उक्त वडामा कांग्रेसका युवा नेता अमृत हमाल र नेकपाका तर्फबाट भक्तबहादुर हमाल प्रतिस्पर्धामा छन् ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.