भक्तपुरको ईन्द्रजात्रा : सिद्धपोखरीमा आज बिहानैदेखि मेला

  • २९६
  • शनिबार, २८ भाद्र २०७६

फाईल फोटो
भक्तपुरः भक्तपुरको प्रसिद्ध प्राचीन इन्द्रदह ९सिद्धपोखरी०मा आज बिहानैदेखि मेला लागेको छ । भाद्र शुक्ल पूर्णिमाको अवसरमा हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट सिद्धपोखरीमा मेला लाग्ने गर्छ । इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआजा गर्न बिहानदेखि नै भक्तजनको घुइँचो लागेको हो ।

देवराज इन्द्रले स्नान गरेको दह हुनाले आजको दिन इन्द्रदहको स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरेमा पुण्यप्राप्ति हुनाका साथै पारिवारिक सुख, समृद्धि मिल्ने जनविश्वास रहेको छ ।

इन्द्रजात्राका दिन भक्तपुरको खौमा टोलस्थित इन्द्रायणी देवीको मूर्तिलाई खटमा राखी खौमादेखि सिद्धपोखरी सम्म परिक्रमा गराएपछि उक्त पोखरीको पश्चिम ढोकामा लगरे बिराजमान गराई तान्त्रिक विधिपूर्वक पूजा र भोगवली चढाउने परम्परा रहेको छ ।

। यस समयमा परम्परागत बाजागाजाका साथ दाफा, भजन गाउने समेत प्रचलन छ ।यस्तै इन्द्रजात्राको दिन शुक्रबार सिद्धपोखरीमा दिपावली समेत गरिएको थियो । इन्द्रजात्राको साँझ खौमा टोल स्थित ईन्द्रायनी देवीको खट जात्रालाई स्वागत गर्न सिद्धपोखरीमा दिपावली गर्ने प्रचलन रहिआएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.