३८ वटा ग्यास उद्योगले मात्रै नेपाल गुणस्तर प्रमाणपत्र चिन्ह प्राप्त

  • ३२२
  • बिहीवार, १२ भाद्र २०७६

काठमाडौं | नेपाल गुणस्तर तथा नापतौल विभागबाट अहिलेसम्म ३८ वटा ग्यास उद्योगले मात्रै नेपाल गुणस्तर प्रमाणपत्र (एनएस) चिन्ह प्राप्त गरेको हो ।

विभागका अनुसार ५८ वटा ग्यास उद्योगमध्ये अझै २० वटा उद्योगले (एनएस) चिन्ह लिन सकेका छैनन् ।

विभागले तोकेको न्यूनतम मापदण्ड पूरा गर्न नसकेकाले ती उद्योगले यो चिन्ह लिन नसकेका हुन् ।

ग्यासजस्तो प्रज्जवलनशील वस्तु उत्पादन तथा बिक्रीमा ग्यास उद्योगीले ध्यान नदिएको भन्दै २०७४ पुसको दोस्रो सातामा सार्वजनिक रुपमा सूचना नै निकालेर विभागले एक महिनाभित्र एनएस चिन्ह लिन आह्वान गरेको थियो तर अझै २० वटा उद्योग लिन समक्ष छैनन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.