उपसमितिले अपुरो प्रतिवेदन बुझाई नागरिकता विधेयकमा असहमति कायम

  • २५८
  • बुधबार, ११ भाद्र २०७६

काठमाडौं | नेपाली नागरिकता विधेयकका विवादित प्रावधानलाई जस्ताको तस्तै राखेर गत चैतमा गठिन उपसमितिले राज्य व्यवस्था समितिमा मंगलबार अपुरो प्रतिवेदन पेश गरेको हो ।

नागरिकता विधेयकका विवादित विषयमा सहमति नगरेकाले हजारौं सर्वसाधारण नागरिकता लिन बञ्चित भएको आवाज उठिरहेको बेला उपसमितिले निर्णय दिन नसक्दा झन अन्योल बढेको छ ।

उपसमितिका संयोजक तथा सत्तापक्षीय सांसद विजय सुब्बाले सहमति हुन नसकेको प्रतिवेदनलाई समितिकी सभापति शशी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

विदेशी महिलाले नेपालीसँग विवाह गरेपछि दिइने अंगीकृत नागरिकता, सरकारी टोलीबाट ठाउँठाउँमा गर्ने नागरिकता वितरण जस्ता विषयमा सहमति जुट्न नसकेपछि उपसमितिले विवादित विषय जस्ताको तस्तै पेस गरेको हो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.