भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी ट्रम्पको बैठकका क्रममा फ्रान्समा कुराकानी

  • १९९
  • आइतबार, ८ भाद्र २०७६

काठमाण्डौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आउने बिहीबार जी-सेभेन शिखर बैठकका क्रममा फ्रान्समा कुराकानी हुँदैछ । भनिँदैछ कि यो कुराकानीमा ट्रम्पले जम्मु काश्मीरमा भइरहेको तनाव कम गर्ने विषयमा पनि मोदीलाई सोध्न सक्नेछन् ।

मिडिया रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्प यो कुराकानीमा क्षेत्रीय तनाव कम गर्ने बारेमा मोदीको योजना सुन्न चाहन्छन् । साथै विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको हिसाबले काश्मीरी जनताको मानवअधिकारको सम्मान गर्ने बारेमा पनि सो अवसरमा कुरा हुन सक्नेछ । भारत र पाकिस्तानको बीचमा मध्यस्थताको प्रस्ताव गरेपछि ट्रम्प लगातार काश्मीरका बारेमा चर्चामा आइरहेका छन् ।

यो हप्ताको शुरुमा उनले काश्मीरको समस्यालाई आफ्नै पाराले अनौठो व्याख्या गर्दै भनेका थिए, ‘‘काश्मीर काफी जटिल अवस्थामा रहेको छ । त्यहाँ हिन्दू पनि छन्, मुसलमान पनि छन् । म यो पनि भन्न सक्दिन कि उनीहरु राम्रोसँग बस्न सक्छन् । यो अवस्थामा म सबैभन्दा राम्रो एउटा काम गर्न सक्छु, त्यो भनेको मध्यस्थता हो । सीधै भन्नुपर्दा अवस्था निकै विस्फोटक देखिएको छ ।’’

उनले भारत र पाकिस्तान दुवै देशका प्रधानमन्त्रीलाई टेलिफोन गरेर पनि कुराकानी गरेका छन् । मोदीले ट्रम्पसँगको कुराकानीमा स्पष्ट ढंगले यो क्षेत्रका केही विशेष नेताहरुले भारत विरोधी बयान र हिंसालाई उक्साउने कार्य गर्नु शान्तिको अनुकूल नहुने बताएका थिए । त्यस लगत्तै ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई फोन गरेर भारतको सम्बन्धमा केही नरम धारणा राख्न आग्रह गरेका थिए । ट्रम्पले कुनै कुराको दीर्घकालीन रणनीतिका साथ समाधान गर्नेतर्फ भन्दा पनि कुनै घटनामा तत्काल प्रभाव पार्ने खालको मात्रै हुने गरेको छ ।

हालै पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अमेरिका यात्राको क्रममा ट्रम्पले निकै अप्रत्यासित र नाटकीय ढंगले काश्मीर विवादमा मध्यस्थता गर्ने प्रस्ताव गरेका थिए । त्यसले भारतीय मिडियामा मात्रै चर्चा पाएन कि राजनीतिक रुपमा पनि निकै हंगामा मच्चिएको थियो ।

इमरान खानलाई छेउमा राखेर ट्रम्पले ह्वाइट हाउसमा संवाददातासँग भनेका थिए, ‘‘यदि मेरो कसैले मद्दत चाहन्छ भने म मद्दत गर्न खुसी हुन्छु ।’’ उनले प्रधानमन्त्री नरेन्द्र मोदीको साथमा जापानको ओसाकामा भएको छलफलमा कुरा निकाल्दै त्यो बेला पनि काश्मीरमा मध्यस्थताको कुरा भएको जनाएका थिए ।

वास्तवमा ट्रम्पको भनाइ भारतको लागि कुनै झड्का जस्तो थियो । यसअघि अमेरिकाले काश्मीर मामिलालाई भारत र पाकिस्तानको दुई पक्षीय मामिला मान्दै आएको थियो । उसले यसअघि भारतीय संवेदनाको आधारमा हेर्ने गरेकोमा अहिले भने मध्यस्थताको प्रस्ताव राखेको हो ।

साँचो कुरा यो पनि हो कि बाराक ओबामासहित कैयौं अमेरिकी राष्ट्रपति काश्मीरको विवादमा आकर्षित भएपनि वाशिङटन प्रशासनले भारतसँग सम्बन्ध राम्रो बनाउने हो भने काश्मीर मामिलामा हस्तक्षेप गर्न नहुने बुझेको थियो । तर, अहिले के कुराले ट्रम्पलाई यो मामिलामा बोल्न उक्साइरहेको छ भन्ने बारेमा खुलेको छैन । ट्रम्पले के सोच्छन् भन्ने बारेमा पूर्वानुमान गर्न निकै गाह्रो हुने गरेको छ । ट्रम्पको सोचाइको बारेमा अमेरिकी विदेश मन्त्रालयलाई नै पत्तो हुन्न भने भारतलाई जानकारी हुने कुरै भएन ।

उनले काश्मीर मामिलामा कुरा उठाउनुको कारण अफगानिस्तान मामिलामा उनले पाकिस्तानको सहयोग लिने प्रयास भएको अनुमान गरिँदै आएको छ । अमेरिका अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गर्न चाहन्छ । अमेरिकी सेना फिर्ताको फर्मुलामा अहिले अमेरिका र तालिवानबीच सहमति नजिक पुगेको र घोषणा हुन मात्रै बाँकी रहेको जनाइएको छ । 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.