छिमेकीलाई सताउन आफ्नो घरको भित्तामा इमोजी बनाएपछि !

  • २५०
  • बुधबार, ४ भाद्र २०७६

काठमाडौँ । छिमेकीसँगको रिस फेर्नका लागि मान्छेले कहिलेकाहीँ निकै अनौठो कार्य गर्दोरहेछन् । अमेरिकाको क्यालिफोर्नियामा एकजना मानिसले छिमेकीलाई चिढाउने गरी आफ्नो घरको भित्तामा इमोजी बनाएको घटना अहिले चर्चामा छ ।

घरको भित्तामा ठूलो आकारको स्माइली इमोजी बनाएपछि छिमेकीसँग उनको विवाद भएको छ ।

तनावको माहोलमा पनि छिमेकीहरु खुसी रहन सकून् भनेर आफुले घरको भित्तामा रङ्गी विरङ्गी बनाएको क्याथरिन कीड नामकी ती महिलाको दाबी छ । आफ्नो छिमेकी सधैं थकित तथा पीडामा रहने र अरुसँग बारम्बार झगडासमेत गर्ने गरेकोले छिमेकीलाई खुशी पार्न आफूले घरको भित्तामा इमोजी बनाएको उनको भनाइ थियो ।

आफ्नो घरको भित्तामा रहेका स्माइली देखेर छिमेकी खुशी हुनेछन् भन्ने उनको अनुमान थियो । तर,उनको अनुमान गलत सावित भयो । छिमेकी त खुशी हुनुको साटो झनै रिसाए । छिमेकीका अनुसार क्थारिनले छिमेकीलाई खुशी पार्नका लागि नभै चिढाउनका लागि घरका भित्तामा इमोजी बनाएकी हुन् ।

उनले बनाएका इमोजीमध्ये एउटामा मुखमा लगाम लगाइएको थियो भने अर्कोचाहिँ मजाक उडाइएको इमोजी थियो । दुवै इमोजीमार्फत उनले आफ्ना छिमेकीलाई खिसीट्युरी गरेको र चुप रहन निर्देशन दिएको रुपमा बुझियो, जसका कारण छिमेकीहरु झनै रिसाए ।

क्याथरिनकी एकजना छिमेकी सुसेनका अनुसार भित्तामा पोतिएका इमोजी हेर्न नसकेर उनले आफ्नो घरको पर्दासमेत उघार्न छाडेकी छन् । एजेन्सी ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.