नवलपरासीमा ट्रक पल्टिँदा चालकको मृत्यु , सहचालक गम्भीर घाइते

  • २०७
  • बुधबार, ४ भाद्र २०७६

काठमाडौँ । नवलपरासी बर्दघाट सुस्ता पुर्वको विनयी त्रिवेणी गाउँपालिका-२ ज्यामिरेको उकालोमा आज बिहानै ट्रक पल्टिँदा ट्रक चालकको मृत्यु भएको छ । यस्तै, सहचालक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतीय नागरिक ३५ वर्षीय सुल्तान सिंह रहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रक नियन्त्रण गुमाएर सडकको दाहिने किनारमा रहेको बिजुलीको पोलमा ठोकिएको थियो । सिंहको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ट्रकका सहचालक भारतकै ३१ वर्षीय जोगेन्द्र सिहंको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.