तीज मेला भदौ १० गतेदेखि

  • २६६
  • बुधबार, २९ साउन २०७६

काठमाडौं । तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला २०७६’ आयोजना हुने भएको छ । मेला त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड  ट्रेड  सेन्टरमा भदौ १० देखि १४ गतेसम्म हुनेछ ।

मेलाको तयारी पूरा भएको इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ । मेलामा यो वर्ष सयभन्दा बढी कम्पनी तथा संघसंस्थाहरुको सहभागिता हुनेछ भने ५० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेला संयोजक सुमन महर्जनले तीज मेला मेलाको रुपमा मात्र नभई महिलाहरुलाई व्यावसायिक बनाउने र अवसर नपाएका महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्ने माध्यम भएको बताए ।

मेलामा निःशुल्क फोटो सुट, लक्की ड्र, डोर प्राइज, नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श, निःशुल्क मेहन्दी लगाउने कार्यक्रम, नि:शुल्क कपाल कटिङ कार्यशाला, बालबालिकाका लागि गेमिङ्ग जोन, लाइभ म्युजिक तथा सांस्कृतिक कार्यक्रम पनि राखिएको आयोजकले बताएको छ ।

नेपाल चेम्बर अफ कमर्सले सहयोग गरेको मेलामा पाकिस्तानबाट १२, भारतबाट १२, बंगलादेशबाट १२ तथा नेपालीहरुका ७० वटा गरी १०६ स्टल रहने छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.