एएफसी फुटसल च्याम्पीयनसिप छनोटको खेल तालिका सार्वजनिक

  • १९७
  • बुधबार, २९ साउन २०७६

काठमाडौं । इरानमा आयोजना हुन लागेको एएफसी फुटसल च्याम्पीयनसिप छनोटको खेल तालिका सार्वजनिक भएको छ । आयोजक एएफसीले आज खेल तालिका सार्वजनिक गरेको हो ।

कात्तिकमा आयोजना हुने छनोटमा नेपाल समूह ए मा परेको छ । समूह ए मा नेपालसँगै ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान छन् । समूह बी मा घरेलु टोली इरान, किर्गिस्तान र तुर्किमिनिस्तान छन् ।

नेपालले पहिलो खेल ताजकिस्तानसँग खेल्नेछ । दोस्रो खेल उज्वेकिस्तानसँग खेल्ने नेपालले समूहको अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।

समूहका शीर्ष टोली अन्तिम चरणमा पुग्नेछन् । अन्तिम चरणको खेल तुर्किमिनिस्तानमा हुनेछ । नेपाल छनोटको तयारीमा जुटेको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.