बंगलादेशमा डेंगुको प्रकोप ; हालसम्म ४० ले ज्यान गुमाए

  • २७३
  • बुधबार, २९ साउन २०७६

काठमाडौँ । बंगलादेशमा डेंगुको प्रकोप देखिएको छ । सन् २०१९ को जनवरीदेखि हालसम्म ४० ले डेंगुका कारण ज्यान गुमाएका छन् । यसबाट संक्रिमत हजारौँ अस्पताल भर्न भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएका छन् ।

बंगलादेशी सञ्चारमाध्यमहरुले सरकारको तथ्यांकभन्दा धेरै बढी मानिसले ज्यान गुमाएको दाबी गरेका छन् । गत हप्तासम्ममा १ सय भन्दा बढी नागरिकले डेंगुको संक्रमणबाट ज्यान गुमाएको त्यहाँका सञ्चारमाध्ययमहरुले दावी गरेका छन् ।

गत जनवरीदेखि नै सुरु भएको डेंगुको संक्रमण निर्मूल हुनुको सट्टा बढ्दै गएपछि सरोकारवालाहरू चिन्तित देखिएका छन् । बंगलादेशमा हप्ता दिन लामो इद–अल–आधा मनाउन लाखौं नागरिकहरू शहरबाट गाउँ भित्रिएका छन् । यसरी गाउँ पसेकाहरुले रोग सार्न सक्ने भएकाले सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

त्यहाँको स्वस्थ्य मन्त्रालयले बिदा रद्ध गरी संकटलाई साम्य पार्न सबै स्वास्थ्यकर्मीहरुलाई अपिल गरेको छ । डेंगुको संक्रमणमा परेका हजारौं बिरामी उपचारका लागि अस्पताल पुगेपछि सेवाप्रवाहमा समेत कठिनाइ भएको छ । अस्पतालका शैया संक्रमितले भरिएपछि भुइँमा राखेर समेत बिरामीको उपचार भइरहेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.