हङकङमा ११ औँ हप्तासम्म प्रदर्शन जारी : हवाई सेवा प्रभावित, चीनले हस्तक्षेप गर्न सक्ने आशङ्का

  • २०७
  • बुधबार, २९ साउन २०७६

 

काठमाडौँ । हङकङमा सरकारको विरोधमा भइरहेको प्रदर्शनका कारण हवाई सेवा प्रभावित भएको छ । सोमबारदेखि प्रदर्शनकारीले हङकङ अन्तर्राष्ट्रिय विमानस्थल वरपर प्रदर्शन जारी राखेका छन् ।

प्रदर्शनकारीले विमानस्थल पुग्ने मार्गहरू घेराबन्दी गरेका कारण यात्रु विमानस्थलसम्म पुग्न नसकेको र यसले सेवा प्रभावित भएको जनाइएको छ । हङकङमा लगातार ११ औँ सातादेखि प्रदर्शन हुँदै आएको छ ।

यसैबिच चीनले हङकङको सीमा क्षेत्रमा आफ्ना सुरक्षाकर्मी तैनाथ गरेको छ । चीनको सरकारी सञ्चारमाध्यमले प्रकाशित गरेको तस्बिरमा सैनिक तथा प्रहरीको दस्ता सीमा क्षेत्रको शेन्जेन सहरमा पुगेको देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचनामा चीनले हङकङसँगको सीमा क्षेत्रमा सेना तैनाथ गरेको जानकारी आएको ट्विटमा उल्लेख गरेका छन् । मुख्य गरी विमानस्थलको बाहिरी क्षेत्रमा केन्द्रित भएको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएका खबर पनि छन् । प्रहरीले पेपर स्प्रे प्रहार गरेको जनाइएको छ । एजेन्सी ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.