राखी सावन्तले गरिन युरोपमा बसेर व्यापार गर्ने ३६ वर्षीय एनआरआइ रितेशसँग विवाह

  • २०६
  • बुधबार, २२ साउन २०७६

काठमाडौँ । बलिउडकी विवादित आइटम गर्ल राखी सावन्तको विवाह र हनिमुनको तस्वीरले मिडियामा राम्रै स्थान जमायो । तर, राखीले कोसँग विवाह गरेकी हुन् भन्ने कसैले थाहा पाएका थिएनन् । राखीले गोप्य रुपमा विवाह गरेकी थिइन् ।

समाचारमा एनआरआइसँग विवाह गरेको खबरहरु आइरहे पनि कोसँग भन्ने खुलेको थिएन । अब भने राखीले कोसँग विवाह गरेकी हुन भन्ने कुराको खुलासा भएको छ । राखीले ३६ वर्षीय एनआरआइ रितेशसँग विवाह गरेकी हुन् । रितेश युरोपमा बसेर व्यापार गर्छन् ।


राखीले रितेशसँग हिन्दु र इशाई दुबै संस्कारबाट विवाह गरेकी हुन् । जुलाई २९ मा उनीहरुले ५ तारे होटलमा भव्य विवाह गरेका थिए । योसँगै उनीहरुले कोर्ट म्यारिज पनि गरिसकेका छन् ।

राखीको विवाहमा उनका परिवार र आफन्त मात्र उपस्थित थिए । जहाँ तस्वीर खिच्न पनि बन्देज लगाइएको थियो । राखीले सामाजिक संजालमा विवाहपछिको तस्वीरहरु सार्वजनिक गरिरहेकी हुन्छिन् । विवाह र हनिमुनको तस्विर पनि उनैले सार्वजनिक गरेकी हुन् । अहिले उनले विवाहको समयमा खिचेका तस्वीरहरु पनि सार्वजनिक गरिरहेकी छिन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.