भक्तपुर र ललितपुरबाट जुवाडे पक्राउ

  • २५१
  • बिहीवार, १६ साउन २०७६

काठमाडौं | भक्तपुर र ललितपुरबाट १६ जना जुवाडे पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका-९ ब्रम्हायणी बस्ने रामसुन्दर ग्वायाँको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना जुवाडे पक्राउ परेका छन् ।

भक्तपुर च्यामासिंह बस्ने काभ्रे धुलिखेल नगरपालिका-२ घर भएका २७ वर्षीय सुमन गिरीसमेत ७ जनालाई नगद ३२ हजार २ सय ८० रुपैयाँ र १ बुक ताससहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै ललितपुर गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ४७ वर्षीय राधेश्याम कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा राधेश्याम कार्कीसमेत ९ जनालाई नगद ३२ हजार रुपैयाँ र ३ बुक ताससहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.