भक्तपुरमा बोलेरो गाडी दुर्घटनामा परि एकको मृत्यु, एक घाइते

  • १८५
  • बिहीवार, १६ साउन २०७६

भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडाल चरेलीमा बुधबार साँझ बोलेरो गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुली घर भई हाल भक्तपुर चाँगुनाराण नगरपालिका–८ कलमसी बस्ने ३२ वर्षीय कान्छा राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

कमलबिनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नंं को बोलेरो गाडी आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ५ मिटर तल खस्दा राईको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको परिसरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक(डिएसपी) रेबति रमण पोखरेलले जानकारी दिए ।

यस्तै, गाडी चालक दोलखा मेलुङ गाउँपालिका–१ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–७ बागेश्वरी बस्ने २० वर्षीय प्रदिप राउत घाईते भएका छन् ।

उनको काठमाडौं मेडिकल कलेज (अस्पताल) सिनामंगलमा उपचार भई रहेको छ ।घटनाको थप अनुसन्धान कार्य भईरहेको डिएसपी पोखरेलले बताए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.