बेबारिसे जस्तै बन्दैछ टियु मैदान

  • २८०
  • बुधबार, १५ साउन २०७६

काठमाडौं । नेपालमा अन्तराष्ट्रिय क्रिकेट खेल्न मिल्ने एक मात्र क्रिकेट मैदान हो - कीर्तिपुरको टियु क्रिकेट मैदान । तर, सम्बन्धित निकायको लापरबाहीको कारण टियु मैदान अहिले बेबारिसे जस्तै बनेको छ ।

सम्बन्धित निकायले चासो नदेखाउदा टियु मैदानमा अहिले खेलाडीले प्रशिक्षण गर्ने अवस्था छैन । खेल मैदानमा करिब एक फिट लामो घाँस उम्रिएको छ । जसको कारण नजिकिदै गरेको यू-१९ एसिया कपको तयारी प्रभावित हुने देखिएको छ ।

नेपालले यू-१९ एसिया कपको तयारी सुरु गरेको छैन । तर, केहि युवा खेलाडी नियमित मैदान पुगेर अभ्यास गर्ने गरेका छन् । मैदानमा उम्रिएको घाँसको कारण खेलाडीहरु इन्डोर हलमा मात्र अभ्यास गरेर फर्कने गरेका छन् । नेटमा अभ्यास गर्ने अवस्था समेत रहेको छैन ।


मंगलबार बिहान खेलपाटी टिम मैदान पुग्दा करिब ९ - १० जना कर्मचारीले पिचमा काम गरिरहेका थिए । २-३ जनाले जारमा पानि बोक्दै पिच भिजाउने काम गर्दै थिए त बाँकीले पिच वरपरका घाँस उखेल्दै थिए ।

राष्ट्रिय खेलकुद परिषदले मैदान व्यवस्थित बनाउन आवश्यक सामाग्रीहरु उपलब्ध नगराउदा मैदान यो अवस्था पुगेको टियु क्रिकेट मैदानको रेखदेखको जिम्मेवारी पाएका कर्मचारीहरु बताउँछन् ।

मैदानको घाँस काट्ने मेसिन बिग्रिएको, मैदानमा बिजुली उपलब्ध नभएको र मैदानको पिचको लागि आवश्यक पानी पनि नरहेको कर्मचारीहरुले बताए ।

'बर्खाको समय छ, पानी पर्दा छोटो समयमा बाक्लो घाँस उम्रन्छ । यसलाई काट्न मेसिन चाहिन्छ हातले काटेर सम्भब छैन,' मैदानका कर्मचारी जय बहादुरले भने, 'मैदानमा रहेको एक मात्र घाँस काट्ने मेसिन समेत बिग्रिएको छ ।'

तर, राखेपले सबै सामान उपलब्ध गराए मैदान एक सातामा खेल्न योग्य हुने कर्मचारीहरु बताउँछन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको छ । क्रिकेट संघ अस्तित्वमा नभएपछि टियु मैदान पनि अपहेलित बनेको छ ।

यदि टियु मैदानमा निजि कम्पनिले प्रतियोगिता आयोजना गरेमा आयोजकले मैदानको मर्मत गर्ने गर्छन् । प्रतियोगिता सकिएपछि भने मैदानले यहि स्वरूप लिने गर्छ । यो क्रम क्यान निलम्बनपछि नियमित चल्दै आएको छ ।

'क्यान हुँदा सिमित मात्रामा भए नि सामाग्री उपलब्ध हुन्थ्यो । केहि परे हामीले त्यहाँ भन्न पाइन्थ्यो,' मैदानका क्युरेक्टर मधु तामाङ भन्छन्, 'जस्तै भए नि बुवाआमाले पालेको सन्तान र अरुले पालेको सन्तानमा फरक हुने भाव हुने रहेछ ।'

अभ्यास गर्न मैदान पुग्ने खेलाडीहरु पनि मैदानमा उम्रिएको बाक्लो घाँसको समस्याले हैरान भएका छन् ।

'मैदानमा यति लामो घाँस छ कि हामी त्यहाँ दौडन सक्ने अवस्था समेत छैन,' नाम नबताउने शर्तमा एक युवा खेलाडीले गुनासो गरे ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.