तीन महिनाको अवधिमा हप्तैपिच्छे उपकरण बिग्रिने समस्या देखिएपछि वीर अस्पताललाई व्यवस्थापन गर्न हम्मे परेको छ ।
अस्पतालका महत्वपूर्ण तथा महँगा दर्जनौं उपकरण यो अवधिमा बिग्रिसकेका छन् । गत बैशाखमा अस्पतालको एमआरआई मेसिन बिग्रिनबाट सुरु भएको सिलसिला शुक्रबारदेखि आकस्मिक कक्षको एक्सरेसम्म आइपुगेको छ ।
यो अवधिमा ठूला ठूला साना गरी दर्जनौं उपकरण तथा सामग्री बिग्रिसकेका छन् । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।