नाडाल र फेडेरर विम्बल्डन टेनिसको सेमिफाइनलमै भिड्ने

  • २३७
  • बिहीवार, २६ आषाढ २०७६

काठमाडौं । स्पेनिस स्टार राफायल नाडाल र स्विस स्टार रोजर फेडेरर लण्डनमा जारी विम्बल्डन टेनिसको सेमिफाइनलमा भिड्ने भएका छन् ।

बुधबार भएको क्वाटरफाइनलमा जित निकाल्दै नाडाल र फेडेरर सेमिफाइनलमा भिड्न लागेका हुन् ।

विश्व वरियतामा तेस्रो स्थानमा रहेका नाडालले अमेरिकाका साम क्वेरीलाई ७-५, ६-२ र ६-२ को सेटमा पराजित गरे ।

यस्तै दोस्रो वरियताका फेडेररले जापानका केई निशिकोरीलाई ४-६, ६-१, ६-४ र ६-४ को सेटमा पराजित गरे ।

अब सेमिफाइनलमा नाडाल र फेडेररबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । नाडाल र फेडेररबीच सन् २००८ पछि पहिलो पटक विम्बल्डनमा भिड्ने भएका छन् । उक्त भेटमा नाडालले बाजी मारेका थिए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.