गायक धिरज राईले फेवातालमा दुई सय डुङ्गामा भगवान गौतम बुद्धको स्टिकर टास्यो

  • २७०
  • मंगलवार, २४ आषाढ २०७६

काठमाडौं । गायक धिरज राईले फेवातालका दुई सयवटा डुङ्गामा भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने स्टिकर टाँसेका छन् । गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम रहेकोभन्दै उनले विदेशी पर्यटकलाई लक्षित गर्दै डुङ्गामा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने स्टिकर टाँसेका हुन् ।

“पर्यटक सद्भावना दूत पनि हुन् । पोखराको फेवातालमा आउने पर्यटकलाई बुझाउन सकियो भने पनि भ्रम चिर्न सकिन्छ भन्ने उद्देश्यले यो अभियान शुरु गरेको हुँ,” राईले बताए ।

साहित्यकार सरुभक्तले प्राज्ञिक तहमा रहेको भ्रम प्राज्ञिक तहमै संघर्ष गरेर चिर्नुपर्ने बताएको राईले जानकारी दिए । गायक राई गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै लामो समयदेखि विभिन्न अभियान चलाउँदै आएका छन् ।

भारतले बुद्धको जन्म आफ्नो देशमा रहेको भन्दै प्रचार गरेपछि उक्त भ्रमलाई चिर्नु उनको अभियानको उद्देश्य हो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.