विश्वकप क्रिकेटः इंग्ल्यान्ड सेमिफाइनलमा

  • २१८
  • बिहीवार, १९ आषाढ २०७६

काठमाडौं । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इंग्ल्याण्ड न्युजिल्याण्डलाई हराउँदै सेमिफाइनलमा पुगेको छ ।

म्यानचेस्टरमा बुधबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा न्युजिल्याण्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

इंग्ल्याण्डले दिएको ३०६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४५ ओभरमा अलआउट हुँदै १८६ रनमा समेटियो ।

न्युजिल्याण्डका लागि टम लाथमले ५७, रोस टेलरले २८, कप्तान केन विलियम्सनले २७, जेम्श निशमले १९, मिचेल सान्टनारले १२, टिम साउथी र म्याट हेनरीले ७र७ र कोलिन डी ग्राण्डहोमले ३ रन बनाए ।

इंग्ल्यान्डका मार्क उडले ३ तथा क्रिस वोक्स, जोफ्रा आर्चर, लियाम प्लन्केट, बेन स्टोक्स र आदिल राशिदले १र१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो ।

इंग्ल्याण्डका लागि जोनी बेयस्ट्रोले १०६, जासन रोयले ६०, कप्तान इयान मोर्गेनले ४२, जोय रुटले २४, आदील रशिदले १६, लाइम प्लुन्केटले १५ तथा बेन स्ट्रोक्स र जस बट्लरले ११र११ रन बनाए ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्श निशमले २र२ विकेट लिए । यस्तै, मिचेल सान्टनार र टिम साउथीले १र१ विकेट लिए ।

जितसँगै इंग्ल्याण्ड विश्वकपको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ । अब एक टोलीले विश्वकपको सेमिफाइनलमा स्थान बनाउने छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.