प्रेमीसँगै बसिरहेकी युवतीको ढुङ्गाले किचेर मृत्यु

  • २६५
  • मंगलवार, १७ आषाढ २०७६

एजेन्सी | स्पेनका मायोर्कामा समुद्रको किनारमा रहेको विशाल पत्थरमा सोमबार मध्यरातमा प्रेमीसँग बसिरहेकी युवतीको सोही ढुङ्गाले किचेर मृत्यु भएको छ ।

काला भिन्येस र काला फाल्को नाम गरेका दुबैजना प्रसिद्ध दुईवटा किनारको बीचमा रहेको ढुङ्गामाथि बसेर गफ गरिरहेका थिए ।

यो जोडी लगभग ५० किलोको पत्थरमाथि बसेका थिए । उनीहरू ढुङ्गाबाट चिप्लिएका थिए । सोहि ढुङ्गा गुडेर युवतीलाई किच्न पुग्यो । उनको तत्कालै मृत्यु भएको बताइएको छ ।

ढुङ्गाले प्रेमीको दुवै गोडा किच्यो । तर उनले आफ्नो गोजीबाट फोन निकालेर आपतकालीन सेवालाई फोन गरे अनि आफू फसेको ठाउँमा बोलाए ।

ढुङ्गा उठाउनका लागि कैयौं यन्त्र प्रयोग गर्नुपरेको थियो ।

त्यसपछि घाइते युवकलाई र उसकी प्रेमिकाको शरीरलाई निकाल्न सकिएको थियो ।
प्रेमीलाई पाल्मास्थित सोन एसपासेस अस्पतालमा भर्ना गरिएको छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.