डाक्टरहरु किन गाँउमा जान चाहँदैनन् ?

  • २९६
  • मंगलवार, १७ आषाढ २०७६

काठमाडौं | मानिसको जीवन र मृत्युको मझधारमा डाक्टर हुने भएकाले पनि यसमा जोखिम र चुनौती बढी छन्। हुन त रोग निको भएपछि बिरामी, आफन्त र स्वयं डाक्टरलाई पनि खुशी पार्ने सामर्थ्य पनि यही पेसामा हुन्छ। बिरामी, उसमा भएको रोग र छिटो निको पार्ने दृढ संकल्प बोकेर हिड्ने सेतो कोटमाथि स्थेसकोपले पनि उनीहरुमा खुशीका साथ चुनौती पनि उतिकै छ भन्ने बोलिरहेको हुन्छ।

डाक्टर शब्द उच्चारण गर्न सजिलो भएपनि नामको अगाडि यो उपाधि थप्न त्यति सहज भने छैन। अथक प्रयास, निरन्तरको अभ्यास, अनुशासनको दरिलो कसी, लगानशीलता, धीरताजस्ता गुणले मात्र पनि पुग्दैन डाक्टर बन्न। त्यससँगै लाखौँ रकम खर्चनुपर्ने अवस्था छ। जुन धेरै नेपालीका लागि पहुँच बाहिरको विषय बनिदिन्छ।

छात्रवृत्ति पाएर ६ वर्ष लगाएर सहर बसी एमबिबिएस सकेपछि गाँउमा सेवा गर्न निस्कने चिकित्सकको संख्या ज्यादै न्यून छ। धेरैजसो डाक्टर पछिल्लो समय सहरमै केन्द्रित हुन थालेका छन्। विकट जिल्लामा डाक्टरको दरबन्दी खाली हुने तर सहरका सटरमा खोलिएका क्लिनिक धाउने डाक्टरको कमी छैन। धेरै डाक्टर केन्द्रमा मात्रै सिमित हुँदा ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा पहुँचमा असर परेको छ।

काठमाडौँका प्राइभेट अस्पतालमा काम गर्ने एमबिबिएस डाक्टरले सानो लगानीमा एमबिबिएसको पढाइ पूरा गरेका होइनन्। उनीहरुले पढाइमा गरेको लगानी उठाउन सहज छैन। राजधानीका धेरै अस्पताल धाएर बढी समय खर्चेर लगानी व्यवस्थापन गर्नुपर्ने चुनौती उनीहरूलाई पक्कै छ। यसकारण पनि सम्मानजनक र सन्तोषजनक छैन नेपालका मेडिकल अफिसरको अवस्था।

अछामामा बसेर स्वास्थ्य सेवा प्रवाहमा तल्लीन रहेका डा सन्तोष उपाध्यायको अनुभव पनि यही छ। कामको प्रकृति र ठाँउ हेरिकन सामान्य मजदुरको तलब र प्राइभेट अस्पतालमा काम गर्ने मेडिकल अफिसरको तलब लगभग समान रहेको बताउछन् डा उपाध्याय।

एकातिर लोकसेवा आयोगको परीक्षा पास गरी देशमा सेवा प्रवाह गर्न छानिएका मेडिकल अफिसरले सरकारी दरबन्दीअनुसार ग्रामीण क्षेत्रमा गएर काम गर्नु पर्ने व्यवस्था छ। तर ग्रामीण क्षेत्रमा गएर स्वास्थ्य सेवा प्रवाह गर्ने मन भएका पनि सबैले अवसर प्राप्त गर्न सक्दैनन्। सरकारी दरबन्दी संख्या सीमित भएकाले मेडिकल अफिसर बेरोजगार भएर सहर नै बस्नु परेको अवस्था छ।

डाक्टर गाँउमा जान किन चाहँदैनन्रु
गाउँमा आवश्यक उपकरण छैनन् : डा सन्तोष उपाध्याय

डाक्टर दुर्गमका गाँउ जान नचाहने होइनन्। जान चाहान्छन्। तर गईसकेपछि आफूले काम गर्ने अस्पतालमा आफ्नो ज्ञानको सदुपयोग गर्नु पाइयोस् भन्ने उनीहरुलाई लाग्छ। यो नाजायज विषय पनि होइन तर त्यो संभव छैन। उनले आफ्नै अनुभव सुनाए।

म आछामको एक दुर्गम ठाँउको प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्दैछु। त्यहाँ अहिले एक्सरे मेसिन जडान भएको त छ, तर बिजुली नभएकाले एक्सरे मेसिन चल्दैन। रोग परीक्षणका लागि ल्याब त छ, तर आवश्यक जाँच गर्न सक्दैनौं। औषधीका लागि पनि स्वास्थ्य केन्द्रमा पाइने केही निश्चित औषधीबाहेक खोजेर किन्न पनि पाइदैन। न प्राइभेट क्लिनिक छ, न औषधी पसल नै। मैले डाक्टर पढ्दा धेरै कुरा पढेको, देखेको र सिकेको हुन्छु। पढेको कुरा लागू गर्न मन लाग्छ तर त्यहाँ सामान्यभन्दा सामान्य केस पनि केन्द्रमा रिफर गर्नुपर्दा सिप सदुपयोग हुँदैन र मेडिकल अभ्यास नहुँदा ज्ञान हराउँदै गएको अवस्था छ। अर्को कुरा जानेर पनि अति सामान्य उपचार गर्न नपाउँदा आत्मग्लानि हुन्छ। यस्ता समस्या दिनहुँ भोग्नुपर्छ। सामान्य औषधि लेखेर दिँदा पनि सहर धाउनैपर्ने अवस्था छ। यी र यस्तै कारणले डाक्टरमा कामप्रति रुचि कम छ।

एउटै काम काठमाडौँमा बसेर गर्दा सबै सेवासुविधा हुन्छ र आफ्नो ज्ञान पनि अभिवृद्धि गर्न अवसर पनि हुन्छ। तर गाउँमा ज्ञान र सिपको सदुपयोग पूर्ण रुपमा गर्न पाइँदैन। नयाँ ज्ञानमा आफूलाई अपडेट गर्ने त धेरै टाढाको विषय हो।

सम्रगमा भन्नुपर्दा डाक्टर मात्रै नभएर बिरामीलाई दिन पाउने धेरै अस्पतालले प्रवाह नगर्द पनि धेरै डाक्टर सुविधाजनक सहरमा केन्द्रित हुने चाहना राख्छन्।

तर आफ्नो सिप पनि बढाउन सकिने र उपचारमा बिरामीलाई चाहिने सुविधा दिन सकियो भने पक्कै पनि डाक्टरमा गाँउ जाने चाहना बढ्ने थियो होला।

तलब कम भएकाले डाक्टर विदेशिन बाध्य छन् : प्रकाश बन्जाडे
एमबिबिएस पढ्न जति अप्ठेरो छ त्यति नै गाह्रो जागिर खान र पोस्ट ग्र्याजुएसन गर्न। डा। प्रकाश बन्जाडेको अनुभवमा उपलब्ध प्राइभेट अस्पतालमा अति नै न्यून तलब भएपछि डाक्टर न आफ्ना सामान्य आवश्यकता पूरा गर्न सक्छन्। न सहरमा नै बस्न सक्छन्। यी दुबै काम गर्न नसकेपछि डाक्टरहरू विदेशिन बाध्य हुने गरेका छन्।

हाम्रो अहिलेको स्वास्थ्य सेवाको संरचना सेवा दिने र पाउने दुबैका लागि राम्रो छैन। सरकारी सेवा केवल देखाउने दाँतजस्तो मात्रै हो। सामान्य उपचार गर्ने औषधि उपकरण र संरचना छैन। अझै पनि देशका धेरै ग्रामीण क्षेत्रमा सामान्य सिटामोलको पनि अभाव छ। सरकारले गाँउगाँउमा डाक्टर पठाए सबैकाम हुन्छ भन्ने मानसिकता बोकेकै कारण पनि डाक्टरको अभाव देखिएको हो।

एमबिबिएस पढ्न विदेश जाने लहर केही पहिलेदेखि चलिआएको हो। कुनै समय नेपालमा प्राइभेट मेडिकल कलेज थिएनन्। त्यसै कारण एमबिबिएस पढ्नहोस् या एमडी गर्न धेरै नेपाली विद्यार्थी विदेश जाने गर्थे। तर अहिले नेपालको इन्ट्रान्स परीक्षा पास भएतापनि मेरिट लिस्टमा नपर्ने विद्यार्थीको रोजाइमा विदेश परेको छ। त्योभन्दा अझै बढी छोराछोरीलाई डाक्टर पढाउन लालयित बाबुआमाको चाहानाका कारण पनि धेरै नेपाली विद्यार्थी डाक्टरी डिग्री लिनकै लागि विदेश पुगेका छन्।

विदेश गएर पढ्नु या नेपालमा पढ्नुभन्दा पनि कस्तो विश्वविद्यालयमा पढेको छ भन्ने कुराले विषेश महत्व राख्छ। नेपालकै कुरा गर्दा पनि सबै मेडिकल कलेज समान गुणस्तर दिन नसकेको अवस्था छ। त्यसमाथि पनि विद्यार्थीले कति र कसरी आफूले पढेको ज्ञान र सिप प्रस्तुत गर्छन् भन्ने कुराले पनि अर्थ राख्छ।

डाक्टरी पेसामा पीडा धेरै छन् : आश्विन भट्टराई
डाक्टर आश्विन भट्टराई डाक्टरी पेसामा धेरै पीडा भएको स्वीकार गर्छन्। भन्दा डाक्टरी पेसा हो। तर भोग्नेलाई मात्र थाहा छ, त्यहाँभित्रको पीडा। बिरामीको सेवा गर्नु धर्म हो चिकित्सकको। गाँउमा गएर सेवा गर्न मन त लाग्छ तर त्यहाँ पुगिसकेपछि पीडा अति नै असाधारण छन्।

सामान्य बिरामीलाई सामान्य औषधि लेखेर दिन्छौँ हामी। तर औषधि अभावले कति बिरामी त्यसै घर फर्कन्छन्। विकट र पहाडी जिल्लामा बाटोघाटो पुलपुलेसाकै कारण कति बिरामी स्वास्थ्य चौकीसम्म पनि आउँदैनन्। नजिक र पायक पर्नेहरु मात्रै स्वास्थ्य चौकीसम्म आउँछन्। धेरै बिरामी बरु रोग पालेर बस्छन् तर सडकको राम्रो उपलब्धता नहुँदा आउँदैन। त्यसको मारमा प्रायजसो वृद्धवृद्धा र बालबालिका पर्छन्।

स्रोत र साधनको अभावका कारण उपचार कठिन त छ नै, दुर्गम जिल्लामा स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि भएर पनि कति बिरामीको ज्यान गएको छ। आफूले पढ्दाको ज्ञान, सिप र क्षमताको उचित सदुपयोग गर्न नपाउँदा दुख लाग्छ। त्यसले पनि सहरमै केन्द्रित रहन खोज्छन् डाक्टरहरु। कम्तीमा आफ्नो ज्ञान र सिप त अभ्यास हुन्छ। गाँउमा बसेर सेवा गर्ने मन हुँदाहुँदै पनि यी र यस्ता कारणले गर्दा त्यति मन लाग्दैन।

डाक्टरले चौबिसै घन्टा खटिनुपर्ने बाध्यता छ : अनिल रेग्मी
हरेक क्षेत्रमा उत्तिकै समस्या छन्, उतिकै कठिनाई छन्। चिकित्सकीय पेसा मानवजीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले बढी संवेदनशील मानिन्छ। बिरामीको सानोतिनो कुराको प्रत्यक्ष रुपमा ख्याल गर्नुपर्ने यो पेसा संवेदनशील र जटिल छ, डाक्टर अनिल रेग्मी बताउछन्, मेरो आफ्नो अनुभव भन्नुपर्दा मैले मेरो एमबिबिएसको पढाइ पूरा गरिसकेपछि मैले केही समय मध्यपश्चिम र सुदुर पश्चिमका विभिन्न जिल्लामा गएर केही समयका लागि शिविरको काम गरेको छु। त्यस समयमा मैले प्रत्यक्ष देखेका पिडा धेरै छन्। बिरामीको पक्षबाट हेर्दा उनीहरु नजिकमा रहेको स्वास्थ्य केन्द्रमा भन्दा शिविर आउँदा बढी खुसी हुन्छन्। कारण हो औषधि तथा उपकरण।

दुर्गम जिल्लामा सडक र ढुवानीमा समस्याकै कारण स्वास्थ्य केन्द्रमा निःशुल्क पाइने औषधी र उपकरणकको अभाव हुने भएकाले त्यहाँ लाग्ने शिविरमा जान बिरामी खुसी हुन्छन्। पछिल्लो समय गाँउमा वृद्धवृद्धा र बालबालिका मात्रै छन्। गाँउमा भएका युवा गरिबी र बेरोजगारीका कारण बिदेश पलायन भएका छन्। रोगको महामारी या प्रकोप फैलिए बोकेर स्वास्थ्य केन्द्रसम्म पुयाउने मान्छे मुस्किलले भेटिन्छन्। पहाडी क्षेत्र भैगोलिक दुर्गम हुने, स्रोत साधानको अभाव, उपकरण नहुँदा दुर्गममा काम गर्ने प्रत्येक डाक्टरलाई धेरै नै समस्या छ। त्यसकारण पनि गाँउमा डाक्टरको अभाव देखिन्छ। १ जना डाक्टरले २४ सै घण्टा सेवामा खटिनु पर्ने बाध्यता देखेको छु। दुर्गममा न त चिकित्सकले आफ्नो क्षमता र दक्षताले भ्याएसम्मको औषधि उपचार गर्न सक्छ, न त आत्मसन्तुष्टि नै प्राप्त गर्दछ।

स्वास्थ्यका आधारभूत संरचना विकेन्द्रित हुन जरुरी छ: डा लोचन कार्की
एमबिबिएसपछि डाक्टर कि त सरकारी अस्पतालमा छिर्छन् कि त प्राइभेटमा । सरकारीतिर जाने डाक्टरलाई प्लस पोइन्ट पाउने र पोस्ट ग्र्याजुएसन गर्न सजिलो हुने भएकाले खोजीखोजी दुर्गमतिर जान रुचाउने डाक्टरको पनि कमी छैन, मेडिकल एसोसिएन अफ नेपालका महासचिव , डा लोचन कार्की भन्छन्, त्यही रुचि प्राइभेट कलेजमा पढेका डाक्टरमा हुँदैन। त्यहाँ कुनै आर्कषण नै हुँदैन। न कुनै प्लस पोइन्ट हुन्छ, न त पोस्ट ग्र्याजुएसन गर्न केही सुविधा छ।

दुर्गममा न त कुनै आधारभूत संरचना हुन्छ, डाक्टर गाँउ गएर मात्रै के गर्ने तरुु उनको प्रतिप्रश्न छ।

एकातिर देश प्रादेशिक संरचनामा गइसकेको छ। दक्ष जनशक्तिको विकेन्द्रीकरण गर्नुभन्दा पहिले अति आधारभूत संरचना विकेन्द्रीकरण गर्न जरुरी छ। त्यसो भएमा डाक्टर निश्चय पनि गाउँ जान्छन्। डाक्टर मात्र गाँउगाँउ पुगेर हुने केही होइन, पुग्नुपर्ने आधारभूत संरचना हो। अनि त्यसपछि मात्र मानवीय स्रोतसाधन। अस्पताल, अपरेसन थिएटर, सिटी स्क्यान, एमआरआइ, एक्स रे, इसिजीलगायत प्यारामेडिकल असिस्टेन्ट जस्ता आधारभूत पक्षमा पहिले विकेन्द्रीकरण हुनुपर्छ।

सेवा गर्छु भनेर गाउँ छिर्दा डाक्टरले आफ्नो सुरक्षाको बारेमा पनि ध्यान दिनुपर्ने बाध्यता छ। पछिल्लो समयमा दिनहुँजसो डाक्टरमाथि हुने दुर्व्यवहार र कुटपिटका कारण धेरै डाक्टर सरुवा हुन खोज्ने, या बिदामा बस्ने जस्ता प्रवृत्ति बढ्दो छ। त्यसकारण ज्यानको सुरक्षा भएमा डाक्टर गाँउ जान्छन्।

डाक्टरको सरकारी तलब हेर्ने हो भने ३४ हजारबाट सुरु हुन्छ। अहिलेको महंगीले काठमाडौँमै बस्दा पनि हात मुख जोड्न समस्या छ। गाडीको त सपनै नदेखौं। यसकारण काठमाडौँको धेरै डाक्टरहरु विभिन्न अस्पताल धाउन बाध्य छन्।

संसारकै सस्तो परिश्रमिक हो नेपालको डाक्टरको परिश्रमिक। एउटा बिरामी हेरेबापत पाउने भनेको दुई सय रुपैयाँ मात्र हो। डाक्टरले दुई सय रुपैयाँमा पुगेन भन्न पाउने अवस्था छैन। गाडी नचडेर हिडेर जाँउ भने यो डाक्टर त नचल्ने डाक्टर रै छ भन्ने त्रास उत्पन्न हुन थालिसकयेको छ।

डाक्टरले पारिश्रमिक या आफ्नो हक अधिकारका लागि आन्दोलन गरौँ भने पनि त्यस्तो संवेदनशील पेसामा बिरामीको सेवा छोडेर आन्दोलन गर्ने कस्ता डाक्टररु नकारात्मक प्रतिक्रिया आउछन्। यस्तो हुँदा हाम्रो पीडा कस्ले बुझिदेलारुु

डाक्टरको डिउटी आवर हेर्ने हो भने हप्तामा ४८ घन्टा मात्र हो। तर कहिलेकाँही शुक्रबार अस्पताल छिरेको डाक्टर एकैचोटी सोमबार निस्कन्छ। कुनै डाक्टर इमर्जेन्सीमा काम गरिरहेको छ भने काम गर्दागर्दै अर्को जटिल केस आयो भने पहिलेको बिरामीलाई हेर्ने कि, नयाँ जटिल केस हेर्ने किरु खाना खाई नखाई यो पेसामा सेवा गर्नुको विकल्प छैन। पहिला हेर्दै गरेको बिरामी छोडेर अर्को जटिल केस हेरे पहिलो बिरामीले असन्तुष्टि व्यक्त गर्छन्। डाक्टरले दिमागले बिरामीको सेवामा कस्तो गुणस्तर दिन सक्लारु जति दिमाग स्वतन्त्र हुन्छ, त्यति नै सोच्न सक्ने क्षमता अभिवृद्धि हुन्छ। विदेशमा डाक्टरको दुई दिन बिदा हुन्छ। यसले चिकित्सकको उत्पादनशीलतामा सहयोग पुर्यातएको हुन्छ।

आजभन्दा चार दशक अघि डेढ करोड जनसंख्या हुँदा पनि सरकारी चिकित्सकको दरबन्दी जति थियो आज पनि उति नै छ। तर यसबीचमा जनसंख्या भने दोब्बर भइसकेको छ। यसको अर्थ १४ सय डाक्टरले करिब तीन करोड जनसंख्या हेर्न कसरी सम्भव छ ?

आधारभूत स्वास्थ्य सेवा निःशुल्क र गुणस्तरीय हुनुपर्छ भनेर संविधानमा उल्लेख छ। तर प्रत्येक नागरिकले स्वास्थ्य सेवा निःशुल्क र गुणस्तरीय पाएको खोइरु पैसा हुनेहरु देशविदेश जाने चलन छ, तर गरिब असहाय जनता ठुलो मारमा छन्। त्यसकारण स्वास्थ्य प्रणली नै बदल्न जरुरी छ। बिरामी जोगाउने हो भने डाक्टरलाई जोगाउनु पहिलो काम हो।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.