प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा २ जना पक्राउ

  • २१८
  • आइतबार, १ आषाढ २०७६

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाउने क्रममा तरुण दलका २ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। तरुण दल काठमाडौंका सचिव दिनेश विक्रम शाह र अर्का एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिए।

सरकारको विरोधका क्रममा सानो संख्यामा तरुण दलका कार्यकर्ता विमानस्थल पुगेको शाहीले बताए।

पक्राउ परेका दुबै जनालाई तीनकुनेस्थित प्रहरी कार्यालयमा राखिएको छ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.