‘मारुनी’ गीतमा पुष्पको डान्सको प्रशंसा

  • २९२
  • बुधबार, २९ जेठ २०७६

 काठमाडौँ। ३ सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेका अभिनेता पुष्प खड्काको अहिले नेपाली फिल्ममा राम्रो डिमान्ड छ । दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘मंगलम’ मा उनको अभिनयको सर्वत्र प्रशंसा भएको थियो । यसअघि ‘अझै पनि’ र ‘दर्पण छाँया २’ मा काम गरेर उनलाई कुनै फाइदा भएन । संख्या बढाउनुबाहेक । ‘मंगलम’ पछि भने उनीमाथि ठूलो ब्यानरको पनि आँखा पर्न थालेको छ ।

गएको बैशाखमा उनी अभिनीत फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको थियो । फिल्मले मुश्किलले लगानी उठाए पनि उनको अभिनयको प्रशंसा भएन । अब, भदौ १३ गते उनले निकै आशा गरेको फिल्म ‘मारुनी’ रिलिज हुँदैछ । उनको अपोजिटमा अभिनेत्रीमा अहिलेकी 'हटकेक' साम्राज्ञी आरएल शाह छिन् । फिल्मलाई ‘मंगलम’ निर्देशक नवल नेपालले निर्देशन गरेका हुन् । निर्मात्री पुनम गौतम हुन् ।

यो फिल्मको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच पहिलो गीत ‘जाम्न माया जाम’ सार्वजनिक गरियो । ‘मनमगन’ गायक दिपक बज्रचार्य स्वर रहेको गीतमा पुष्प र साम्राज्ञी फिचर्ड छन् । प्रविन सिंह गीतका कोरियोग्राफी हुन् । मंगलवार दिउँसो ४ बजे युट्युबमा अपलोड भएको गीतलाई यो समाचार तयार पर्दासम्म साढे २ लाखभन्दा बढीले हेरिसकेका छन् । भने, नेपालको युट्युब ट्रेन्डिङको ३२औं स्थानमा छ ।

गीतलाई युट्युबमा सकारात्मक प्रतिक्रिया मिलेको छ । १० हजार लाइक्स प्राप्त गरिसकेको गीतलाई एक हजारको आसपासमा कमेन्ट मिलेको छ । एकाधबाहेक सबैले गीतको तारिफ गरेका छन् । दीपक बज्रचार्यको स्वर मन पराउनेदेखि पुष्प र साम्राज्ञीको जोडी सुहाएको प्रतिक्रियाले पब्लिक कमेन्ट भरिएको छ । धेरैले अभिनेता पुष्पको नृत्यको प्रशंसा गर्दै ,नेपाली फिल्मको उत्कृष्ट डान्स गर्ने हिरोु भनेका छन् ।

युट्युब प्रयोगकर्ता विनिता श्रेष्ठ कमेन्टमा लेख्छिन्, 'उत्कृष्ट नृत्य पुष्प खड्का ।' कुमार सुवेदीले उनलाई नेपाली फिल्मको राजा भनेका छन् । सृजना मगरले पुष्पको नृत्य आफूलाई एकदमै मनपर्ने लेखेकी छन् । प्रेम बहादुर दमाई लेख्छन्, 'पुष्प भाईको फिल्म हेर्न आतुर छौं । मेरी सानी छोरी पुष्प भाईको ठूलो फ्यान ।' पब्लिक कमेन्टमा पुष्प र साम्राज्ञीको जोडी सुहाएको प्रतिक्रिया पनि प्रशस्त छन् । केहीले अब फिल्मको ट्रेलर हेर्न आतुर रहेको पनि बताएका छन् ।

‘ जाम्न माया जाम’ गीतलाई दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियाले निर्माण टिम निकै उत्साहित देखिएको छ । यसले फिल्मको व्यापारमा ठूलो फाइदा पुग्ने विश्वास लिइएको छ । अझै फिल्मको दुई गीत रिलिज हुन बाँकी छ । ‘मारुनी’ मा पुष्प र साम्राज्ञीको अलावा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, विनोेद भट्टराईलगायतका कलाकारहरुको अभिनय छ । यसको कथा निर्देशक नेपाल र गोविन्द फुँयालले लेखेका हुन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.