विश्वकप क्रिकेटमा दुई भेट्रानको भेट, धोनीविरुद्ध ताहिर

  • २५०
  • बुधबार, २२ जेठ २०७६

काठमाडौँ । प्रत्येक चार वर्षमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपले नयाँ स्टारको उदय र पुराना खेलाडीलाई बिदा गर्छ । इङ्ल्यान्डमा जारी १२ औं संस्करणको विश्वकपपछि केही चर्चित खेलाडीले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिँदैछन् ।

दक्षिण अफ्रिकाका भेट्रान स्पिनर इमरान ताहिरको यो अन्तिम विश्वकप हो भने भारतका महेन्द्रसिंह धोनीको पनि यो अन्तिम विश्वकप हुनसक्ने अनुमान क्रिकेट पण्डितहरुको छ ।

१२ औं संस्करणको विश्वकपमा ताहिर र धोनी फरक भूमिकामा हुनसक्ने क्रिकेट विश्लेषकको अनुमान छ । विश्वकप यादगार बनाउने लक्ष्यमा रहेका यी दुई भेट्रान खेलाडी ताहिर र धोनी आज आमनेसामने हुँदैछन् ।

ताहिरले विश्वकपको आफ्नो तेस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दा धोनीका लागि पहिलो खेल हो । किनकी भारत विश्वकपको पहिलो खेल खेल्न लागेको हो । आईपीएलमा एकै टोलीबाट खेलेका अनुभवी खेलाडी ताहिर र धोनीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ । दुईको उत्कृष्ट प्रदर्शनमा आईपीइल टोली चेन्नई फाइनलमा मुम्बई इन्डियन्ससँग झिनो अन्तरले पराजित भएको थियो ।एजेन्सी 

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.