मौसम आशिंक बदलीन सक्ने र केही स्थानमा हावाहुरीका सम्भावना

  • २२४
  • मंगलवार, २१ जेठ २०७६

काठमाडौं । आज देशैभरी आंशिक देखि सामान्य वदली रही पश्चिमी भूभागका थोरै स्थान र मध्य तथा पुर्वी भूभागका केही स्थानमा हावाहुरी,मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आज राति देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भूभागका केही स्थान र पश्चिमका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, भोलि बुधबार दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भूभागका केही स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले प्रकाशित गरेको बुलेटिनमा उल्लेख छ ।

यसैगरी भोलि राति देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रहने र मध्य तथा पुर्वी भूभागका थोरै स्थान तथा पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान समेत जनाइएको छ । आउँदो विहीबार दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रहने तथा पश्चिमी पहाडी भूभागका केही स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ रहेको छ ।

बिहीबार राति देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भूभागका केही स्थानमा तथा पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको समेत जनाइएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.