रीमाले अनमोलसँग पनि रोमान्स गर्ने भुवन केसीको भनाई

  • २०५
  • सोमबार, २० जेठ २०७६

काठमाडौँ ।  अभिनेता भुवन केसी आफूले राम्रोसँग चिनेका कलाकार हुन् वा नचिनेका, सबैको मुक्तकण्ठले प्रशंसा गर्न कुनै कसर छाड्दैनन् । सबैलाई आफ्नो मनपर्ने अभिनेता वा अभिनेत्री भनिदिन्छन् । उनी ट्याग दिन समेत माहिर छन् । फिल्म रामकहानीु हेरेपछि अभिनेत्री पूजा शर्मालाई उनले 'नेपालको नम्बर वान अभिनेत्री 'को ट्याग दिएका थिए । उनी कुनै फिल्म हेर्न गए भने तारिफको पुल बाँधेर मात्र फर्किन्छन् ।

एक समय नेपाली फिल्ममा आफ्नो प्रभुत्व जमाएका भुवन केही वर्षयता अभिनयबाट टाढा छन् । करीब ७ वर्षदेखि उनी अभिनीत फिल्म हेर्न दर्शकले पाएका छैनन् । कुशुमे रुमाल, नेपाली बाबुु,' तँ त साह्रै विग्रिस नी बद्री' लगायतका दुई दर्जन बढी ब्लकबस्टर फिल्म दिएका उनले फिल्म' ड्रिम्स' बाट निर्देशनमा समेत हात हालेका थिए । फिल्म निर्माण भने उनी लामो समयदेखि सक्रिय छन् ।


उनले फिल्म 'होस्टेल' बाट छोरा अनमोल केसीलाई पनि आफूले हिँडेको बाटोमा ल्याएका थिए । अहिले उनको नेपाली फिल्ममा गजबको बोलबाला छ । एकसेएक हिट फिल्म दिइरहेका छन् । छोरा अनमोलको करिअर मजबुत बनाउन लामो समय अभिनयबाट दूरी बनाएका भुवन फिल्म ‘मिस्टर नेपाली’ बाट कमब्याक गर्दैछन् । यसमा उनी दोहोरो भूमिकामा प्रस्तुत हुँदैछन् । फिल्ममा उनी बाबु-छोराको भूमिकामा हुनेछन् ।

आइतवार फिल्मको मुहूर्तसँगै छायांकन सुरु भएको छ । ६१ वर्षका भुवनले फिल्ममा अभिनेत्री रीमा विश्वकर्मासँग रोमान्स गर्दैछन् । उनको कुन चरित्रले रीमासँग रोमान्स गर्नेछ रु यस विषयमा निर्माण टिमले जानकारी दिएको छैन । तर, भुवन र रीमाले पहिलो पटक स्क्रिन साझेदारी गर्न आफूहरु निकै उत्साहित रहेको बताएका छन् । ‘मेरो मनपर्ने अभिनेत्री हुन् रीमा । उनीसँग काम गर्न म निकै उत्साहित छु’, भुवनले भने ।

रीमा भने भुवनसँग काम गर्न पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताउँछिन् । उनी भन्छिन्, ‘भुवन दाईजस्तो बरिष्ठ कलाकारसँग स्क्रिन साझेदारी गर्न पाउनु आफैंमा एउटा उपलब्धि हो । मलाई उहाँसँग पहिलादेखि नै काम गर्न मन थियो । ‘मिस्टर नेपाली’ मा त्यो अवसर जुटेकोमा खुसी छु ।’ फिल्मलाई देव भुषालले निर्देशन गर्दैछन् । कथा पनि उनकै हो ।

फिल्मको मुहूर्त समारोहमा रीमालाई पत्रकारले प्रश्न गरे ‘बल्ल भुवन केसीसँग रोमान्स गर्ने बेला भयो रु’ उनी पत्रकारको प्रश्नमा मज्जैले हाँसिन् । ‘म धेरै सिनियर भएछु’, उनले हाँस्दै जवाफ फर्काइन् । उनको कुरा पूरा नहुँदै छेवैमा रहेका भुवनले भने ‘रीमाले भुवन केसीसँँग मात्र रोमान्स गर्‍यो भन्न मिल्दैन । नयाँ फिल्ममा अनमोलसँग पनि रोमान्स गर्न सक्छिन् । उनी आफैंमा राम्रो अभिनेत्री हुन् ।’

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.